काठमाडौँ। बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक खण्ड अवरुद्ध भएका छन्।
सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सातवटा राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।
पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा एकतर्फी र आंशिकरुपमा यातायात सञ्चालन भएको छ।
विभागका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएकाले सडक एकतर्फी मात्रै सञ्चालनमा छ। पहिरो पन्छाएर पूर्णरुपमा सडक सञ्चालनका लागि मेसिन परिचालन गरिएको छ।
त्यसैगरी पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेको छ। पहिरोका कारण दुईतर्फी नै सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। सो पहिरो हटाउने क्रम जारी छ।
त्यसैगरी बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातयात सेवा अवरुद्ध भएको छ।
निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ।
यसैगरी, कान्ति राजमार्गमा पनि चपली र तकुर्चेलायत स्थानमा पहिरो झरेका कारण सवारी आवागमन बन्द रहेको छ।
सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी, सोलु खोला नजिक सडक भासिदा भित्तो कटान गरी अस्थायी रूपमा गाडी सञ्चालन गरिएको छ।
त्यसैगरी मध्यपहाडी राजमार्गस्थित बागलुङको घोडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाइ सडक एकतर्फी सञ्चालनमा ल्याइको छ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा झरेको पहिरो वर्षा कारण पन्छाउन कठिनाइ भएको छ। यस्तै जैमिनी–८, बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी खुला गरिएको छ भने लामा दूरीका सवारीलाई हाल अनुमति दिइएको छैन।
त्यसैगरी तमोर करिडोरको मुलघाट–फिदिम खण्डको छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध भएको छ। नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ।
राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोटमा पहिरो झेरपछि सडक पूर्णरूपमा बन्द भएको छ।
त्यसैगरी कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पहिरो कारण यातायात प्रभावित भएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ।
भालुवाङ–चकचके–लिवाङ सडकको विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ।
साना सवारीसधान सावधानीपूर्व सञ्चालनमा ल्याएको छ भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ। यस्तै बेसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ढुङ्गा खसेकाले पहिरो पन्छाउन कठिनाइ हुँदा सडक पूर्णरुपमा बन्द भएको छ।
विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाउन तथा यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न उपकरण तथा प्राविधिक प्रभावित क्षेत्रमा परिचालन भएका छन्
कास्की । पोखराको फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले असोज ११ गतेबाट अत्याधुनिक ‘जेट...
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आफूलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सर्वोच्च अदालनका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई नेपाल...
काठमाडौँ। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो। यहाँ आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना...
काठमाडौँ । लगातारको वर्षाले जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति...
काठमाडौं । सङ्घीय संसद् सचिवालयले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend