Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • चेकिङ छलेर भाग्दा दुर्घटना भएको स्कार्पियोगाडीमा ३९८ केजी गाँजा बरामत, चालक फरार 


    आइतबार, असोज ११ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दविराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ ।

    शनिबार राति १० बजे कोशी राजमार्गमा प्रहरी चौकी बरगाछीले गरेको आकस्मिक चेकिङ टोलीलाई देखेर इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को१च ७३९९ नम्बरको स्कार्पियो गाडी यु-टर्न गरी भागेको थियो ।

    भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो । लगत्तै स्करपियो चालक फरार भएका थिए ।

    दुर्घटनापश्चात् तत्काल प्रहरी चेकिङ टोलीले स्कार्पियो गाडीभित्र खोजी गर्दा लुकाइछिपाइ राखिएको १३ पोका गाँजा बरामद गरेको थियो । बरामद गाँजा ३९८ केजी रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार