Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • १ अर्ब ४ करोड हुन्डी कारोबार, शाही मनी ट्रान्सफरका ज्योति शाही पक्राउ


    बिहिबार, असोज ८ २०८३
    135
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ अबैध हुन्डीमार्फत् कारोबार गर्ने धरान उपमहानगरपालिका वडा नं. १३ का ज्योति शाहीलाई पक्राउ गरेको छ । शाही मनि ट्रान्सफरमार्फत् हुन्डी कारोबार गरेको सूचना पाएपछि अनुसन्धानका लागि उनलाई बिहीबार पक्राउ गरेको छ ।

    विभिन्न असम्बन्धित व्यक्तिहरुले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यममार्फत् स्वदेशमा स–साना भाग बनाई कनेक्ट आईपीएस लगायत अन्य विद्युतीय डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिहरुको खातामा हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएपश्चात शाहीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    घरेलु तथा साना उद्योग कार्यालय इटहरी सुनसरीमा २०६८ भदौ १६ मा दर्ता गराएको दर्ता नं. १४८२/०६८ /६९ शाही मनि ट्रान्सफरसमेतको नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुमा बैंक खाता संचालन गरी ती खाताहरुको प्रयोग गरी करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँ कारोबार गरेको खुलेको सीआईबीले जनाएको छ ।

    सुनसरी जिल्ला अदालतबाट मंगलबार हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसूरमा पक्राउ अनुमति लिई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरानको खैरेनीबाट शाहीलाई पक्राउ गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार