Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • बसभित्र आत्मदाह घटनामा गृहमन्त्रीलाई प्रश्न- ट्राफिक प्रहरी कसको हो ?


    मंगलबार, असोज ६ २०८३
    105
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गृहमन्त्री सुदन गुरुङलाई ‘ट्राफिक प्रहरी कसको हो ?’ भनेर प्रश्न सोधेका छन् ।

    सोमबार ट्राफिक प्रहरी र बस चालक अर्जुन दोङबीच विवाद भएलगत्तै आत्मदाह गरेको घटनाबारे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलालले यसअघि महानगर प्रहरी र राइडरको विवादमा पन्छिएका गृहमन्त्रीलाई प्रश्न सोधेका हुन् ।

    महानगर प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा गत असार २६ गते गणेश नेपालीले आत्मदाह गरेका थिए । उक्त घटनामा गृहमन्त्री गुरुङले प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै महानगर प्रहरीले ह्विल लक गरेको र महानगर प्रहरी आफ्नो मातहत नभएको बताएका थिए ।

    सोही प्रसंग कोट्याउँदै सांसद दुलालले गृहमन्त्री सुदन गुरुङलाई प्रश्न सोधेका हुन् । ‘गणेश नेपालीले जीवन गुमाउँदा यो महानगरको प्रहरी नेपाल सरकारको होइन स्थानीय तहको हो भनियो,’ सांसद दुलालले भने, ‘आज म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु– नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो ? नेपाल सरकार कसको हो? नेपाल प्रहरी चलाउने मन्त्री को हो ? गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु ।’

    सांसद दुलालले त्रिपुरेश्वरको घटनाले राज्य र सरकारप्रति नागरिकको निराशा देखाएको उल्लेख गरे । उनले श्रमिकप्रति नियमनकारी निकायबाट अमर्यादित व्यवहार प्रदर्शन भएको बताए ।

    उनले ठूला सवारीको लाइसेन्स लिनका लागि २२ वर्ष पूरा भएको र साना सवारीको लाइसेन्स लिएको हुनुपर्ने नियममा परिवर्तन ल्याउनुपर्ने बताए । साना सवारीको लाइसेन्स नलिई ठूला सवारीको लाइसेन्स लिन नपाउने व्यवस्था सच्याउन माग गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार