काठमाडौँ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेश भट्टराईलाई बोल्न वञ्चित गरेका छन्।
बैठकमा सहभागी एक सदस्यले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे उपमहासचिव भट्टराईले आज आफ्नो धारणा राख्न खोजेका थिए।
तर अध्यक्ष ओलीले उनलाई बोल्न नदिएको बताए। ,बोल्न नपाएपछि उपमहासचिव भट्टराईले आफ्नो धारणा लिखित रूपमा अध्यक्ष ओलीलाई बुझाएका छन्।
बैठकको पहिलो दिन सोमबार अध्यक्ष ओलीले प्रस्तुत गरेको ८८ पृष्ठको राजनीतिक प्रतिवेदनमा आज दोस्रो दिन मंगलबार केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्।
तर बैठकमा बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति पाएपछि मात्रै बोल्नुपर्ने नियम ओलीले बनाएका छन्।
यस्तै बैठक हलमा मोबाइल पनि निषेध गरिएको छ भने बैठकबाट बाहिरिनुपर्दा अध्यक्षको अनुमति लिनुपर्नेछ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...
काठमाडौँ। टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने सरकारी निर्णयविरुद्धको रिट खारेज भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र...
काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्। मन्त्रीद्वयले मंगलबार मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरी...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटकसँग एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। मंगलबार बसेको नेकपको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend