Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु, मोबाइलबाट अडिओ, भिडिओ रेकर्ड गर्न नपाइने


    मंगलबार, असोज ६ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रिय कमिटी बैठकको दोस्रो दिनको सत्र शुरु भएको छ ।

    ललितपुरस्थित एक होटलमा जारी बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले समूहगत छलफल गरिरहेका छन् । आज केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम शुरु भएको छ ।

    प्रत्येक केन्द्रिय सदस्यलाई तीन मिनेटको समय सीमा दिइएको छ । सोमवार पार्टी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनउपर नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् । सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पनि धारणा राख्नेछन् । बैठक बुधवारसम्म चल्ने बताइएको छ ।

    केन्द्रीय कमिटी बैठक हलमा मोबाइल चलाउन रोक लगाइएको छ।

    अध्यक्ष ओलीले मोबाइल बाहिरै राख्न र नचलाउन आग्रह गरेका छन्। अडिओ तथा भिडिओ रेकर्ड गर्न नपाइने र मोबाइल चलाउनसमेत नपाइने अध्यक्ष ओलीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार