Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमणअघि हुनेछैन परम्परागत सलामी र बिदाइ


    मंगलबार, असोज ६ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन शाह आज साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनी संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्।

    प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरलाइन्सको जहाजमा अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।

    भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीको बिदाइका लागि परम्परागत कार्यक्रम भने नहुने भएको छ। प्रधानमन्त्री विदेश जाँदा नेपाली सेनाको एक टुकडीले विमानस्थलमै सलामी दिने चलन थियो। प्रधानमन्त्री जानु र फर्किनुपूर्व यसरी सलामी दिइन्थ्यो।

    प्रधानमन्त्रीनिकट स्रोतका अनुसार यसपालि यो परम्परा रोकिनेछ। बालेन शाह प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हो।

    विदेश जान लागेका प्रधानमन्त्रीको बिदाइमा विगतमा सभामुख, उपसभामुख, मन्त्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने गर्थे।

    भिआइजी लाउन्जमा औपचारिक बिदाइ कार्यक्रम गर्ने प्रचलन थियो। त्यो कार्यक्रम पनि यसपालि नहुने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार