काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ।
प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक आज मध्याह्न १२स्१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्नेछ।
बैठकमा रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठनसम्बन्धी छलफल हुने कार्यसूची छ।
भोटेकोशी विपद्पछि खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामको अनुगमन गर्न र भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकारलाई नीतिगत सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने निर्णय यसअघि भएको थियो।
विशेष समिति गठनका लागि दलहरूबीच छलफल हुँदै आए पनि सदस्य संख्या, कार्यक्षेत्र, कार्यावधि र संयोजकबारे सहमति जुट्न बाँकी हुँदा ढिला भएको छ ।
आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा यही विषयलाई अघि बढाउने तयारी गरिएको हो।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...
काठमाडौँ। टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने सरकारी निर्णयविरुद्धको रिट खारेज भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र...
काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्। मन्त्रीद्वयले मंगलबार मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरी...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटकसँग एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। मंगलबार बसेको नेकपको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend