काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा सीईओ) सुजित शाक्यको आगमनपछि बैंकको अवस्था झन् झन् संकटोन्मुख हुँदै गएको छ ।
६ महिनाको अन्तरालमा शाक्यले न कर्जा असुलीमा प्रगति देखाउन सकेका छन्, न त व्यवसायिक विस्तारमा नै । निष्क्रिय कर्जा ८ दशमलब ८५ प्रतिशत पुग्दा पनि व्यवस्थापनले प्रभावकारी रिकभरी प्लान ल्याउन नसक्नु र व्यवसाय खुम्चिनुले उनको क्षमतामाथि पनि प्रश्न उठेकोे छ ।
प्रभु बैंकमा हस्तक्षेप गरी सुमन शर्मालाई सीईओ बनाएका राष्ट्रबैंकका डेपुटी गभर्नर दीर्घ रावलले एनआईसी एशियामा पनि देखिने गरी हस्तक्षेप गरेका छन् । रावलकै निर्देशनमा कामु सीईओको समेत कार्यभार सम्हालेका डीसीओ सन्तोष राठीलाई शाक्यले हटाए । सुमन शर्माजस्ता असफल सीईओलाई प्रभु बैंकको नेतृत्वमा ल्याएर एकपछि अर्को बैंकमा हस्तक्षेप बढाएका डुपेटी गभर्नर रावलले सुजित शाक्यलाई एनआईसीमा ल्याएर एकपछि अर्को विवादित निर्णय गराउँदै बैंकलाई एकपछि अर्को संकटमा पारिरहेका छन् ।
शाक्य मार्फत् डेपुटी गभर्नर दीर्घ रावलले कार्यक्षमता नै नभएका एसीओ राजेश रावललाई डीसीओ बनाउन दबाब दिएका थिए । तर एनआईसी बैंकका अध्यक्ष अध्यक्ष अशोक अग्रवाल रावललाई डीसीओ बनाउन सहमत भएनन् । दीर्घ रावलकै दबाबमा शाक्यले स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याए तर उक्त योजनामा कुनै पनि कर्मचारीले फारम भरेनन् ।
भीआरएस योजना पनि फेल भएपछि सीईओ शाक्यले गुटबन्दी गर्दै क्षमता भएका र सिनियर बैंकका कर्मचारीलाई अपायक र दुर्गममा सरुवा गरेका छन् । आफूलाई मन नपर्ने कर्मचारीलाई यसरी अपायक सरुवा गरेको आरोप शाक्यमाथि लागेको छ । सिनियर कर्मचारीलाई दुर्गम र अपायक सरुवा गरी दुःख दिने काम सीईओ शाक्यले गरेका छन् ।
बैंकका कम्पनी सचिव दिपेन कार्कीलाई अपमानपूर्वक डडेलधुराको सर्कल हेडमा सरुवा गरिएको छ । शिशिर भण्डारीलाई दिपायल ब्रान्च म्यानेजरमा सरुवा गरिएको छ ।
त्यसैगरी ब्रान्च म्यानेजरमा सरुवा गरिएकाहरुमा सुनिल मानन्धर फिदिम, अर्जुन श्रेष्ठ बैतडी, सरोज भट्टराईलाई तौलिहवा, कमलमणि रेग्मीलाई दार्चुला, बसन्त घिमिरे लिवाङ, प्रल्हाद निरौला दोधारा चाँदनी छन् । यी सबैलाई सीइओ शाक्यले नै प्रतिशोध साँधेर काठमाडौंबाट अपायक सरुवा गरेको आरोप छ ।
बैंकको अवस्था ओरालोतर्फ
एनआईसी एशिया कर्जा असुलीमा असफल हुँदै जाँदा बैंकको समग्र वित्तीय स्वास्थ्यमा समस्या देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले केवल नाफा घटेको मात्र देखाउँदैन बैंकको समग्र व्यवसायिक मोडेल, जोखिम व्यवस्थापन क्षमता र भविष्यको विश्वसनीयतामाथि नै प्रश्न खडा गरेको छ ।
सीईओ शाक्य आएपछि पनि एनआईसी एशिया बैंकबाट अन्धाधुन्द ऋण प्रवाह भएको छ । तर त्यसमा डेपुटी गभर्नर रावलले आँखा चिम्लिएका छन् ।
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झा अस्पतालको सेवा सुधारका लागि अहोरात्र लागिरहेका छन् । उनको सम्पूर्ण प्रयास अस्पतालमा आउने...
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend