Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहर: रुसमा एकै दिनमा १० हजार नयाँ संक्रमित थपिए


    आइतबार, बैशाख २१ २०७७
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २१ बैशाख । कोरोना भाईरसले रुसमा एक पछिल्लो २४ घण्टामा मात्रै १० हजार जनालाई संक्रमण गरेको छ ।

    आइतबारमात्र त्यहाँ १० हजार जना कोरोनाभाइरसका संक्रमित भएका हुन् ।
    मार्च अन्तिम सातासम्म त्यहा केही ब्यक्तिलाई मात्र संक्रमण गरेतापनी अप्रिल लागेसँगै संक्रमण दिन दुई गुणा रात चौगुणा बढ्न थाल्यो।

     रूसमा अहिले १ लाख ३४ हजार ६ सय ८७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १२ सय ८० जनाले ज्यान गुमाएका छन्।
    आमनागरिकलाई मात्र होइन रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

    संक्रमितको संख्यामा १ महिनापहिला पुछारतिर रहेको रूस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा छ।
    उसले धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पारेको छ।
    रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगिएको बताएका छन्। कोरोनाको संक्रमण बढेको बढ्यै भएपछि पुटिनले देशभरि  मे ११ सम्मका लागि  काम गर्न नपाइने समय बढाएका छन्।  मार्च ३० देखि राजधानी मस्कोका १ करोड २० लाख मानिसलाई अत्यावश्यक नभई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ।

    मे १२ पछि के गर्ने भन्नेबारे योजना बनाउन पनि उनले अधिकारीहरूलाई निर्देशन दिएका छन्।

    रूसमा पछिल्लो समय धेरै संक्रमित भेटिनुको कारणS परीक्षण धेरै गर्नु पनि हो। पुटिनको दाबीलाई आधार मान्ने हो भने रूसमा अहिले दैनिक १ लाख ५० हजार मानिसको कोरोना परीक्षण गरिन्छ। ‍त्यहाँ अहिलेसम्म ३० लाख मानिसको कोरोना परीक्षण गरिएको बताइएको छ।
      
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार