काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो। विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो।
उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए। समितिको प्रतिवेदन प्रतिनिधि सभाको आजै बस्ने बैठकमा पेश गर्ने ढकालले बताए। प्रतिवेदनलाई अन्तिम रुप दिन उनले समिति सचिवलाई निर्देशन दिएका छन्।
समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ।
काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व...
काठमाडौं । प्रसूति सेवाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुगेकी बबिता पासवानले पैसा नभएका कारण २५ भदौमा सडक पेटीमा बच्चा जन्माएकी थिइन् । उक्त...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend