Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • सडकपेटीमा प्रसूति घटना: ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कारबाही सिफारिस


    बिहिबार, असोज १ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रसूति सेवाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुगेकी बबिता पासवानले पैसा नभएका कारण २५ भदौमा सडक पेटीमा बच्चा जन्माएकी थिइन् ।

    उक्त घटनामा छानबिन समितिले अस्पताल प्रशासन, क्लिनिकल जनशक्ति र आमा सुरक्षा कार्यक्रम कार्यान्वयनको नीतिगत पक्षमा कमजोरी औंल्याएको छ ।

    अस्पताल पुगिसकेकी गर्भवती महिलालाई उपचारका लागि रोक्न र आवश्यक परामर्श दिन नसक्नु तथा अस्पतालबाट बाहिरिने अवस्था सिर्जना हुनुमा घटनाका बेला ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्सलगायत कर्मचारीको कमजोरी रहेको समितिको निष्कर्ष छ । उनीहरूलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।

    छानबिन समितिका एक सदस्यका अनुसार अस्पतालमा पुगेकी बिरामीप्रति आफ्नो जिम्मेवारी पूरा नगरेको विषय प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

    घटनापछि अस्पताल प्रशासनले ड्युटीमा रहेका चिकित्सक, नर्स तथा सुरक्षागार्डसहितका कर्मचारीलाई कामकाजमा रोक लगाउने निर्णय गरेको थियो । समितिले भने घटनाको अध्ययनपछि ती कर्मचारीसहित थप केही व्यक्तिमाथि समेत विभागीय कारबाहीको सिफारिस गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार