काठमाडौं । नेकपा(एमाले) की नेतृ तथा पूर्व सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ग्रेजोन अनलाइनले भदौ २३ र २४ सम्बन्धमा प्रकाशित गरेको सामग्रीले ठूलो होहल्ला भइरहेको बेला सर्वोच्च अदालतमा तेस्रो पटक आगजनी भएको बताएकी छन् । न्यौपानेको प्रश्न छ–यसको जवाफ कसले दिने ? बुधबार बिहान सर्वोच्च अदालतमा आगो लगाइएको घटनाको ग्रेजोनमा नाम परेकाहरुले जवाफ दिनुपने उनको धारणा छ ।
पूर्वमन्त्री न्यौपाने चिन्ता प्रकट गर्दै लेख्छिन्–आजकाल नेपालमा यस्ता आगजनीको समर्थनमा बोल्यो लेख्यो भने ताली पाइन्छ । विरोधमा बोल्यो भने गाली पाइन्छ । के हुन लाग्यो हाम्रो नेपालमा ?
सामाजिक संजालमा उनले लेखेकी छन्–केही गम्भीर प्रश्न उठाउनैपर्ने भयो :
बुधबार बिहान सर्वोच्च अदालतमा आगो लगाइएको छ । साढे १२ महिनामा यो तेस्रो आगजनी हो ।
दि ग्रेजोन अनलाइनले भदौ २३ र २४ सम्बन्धमा प्रकाशित गरेको सामग्रीले ठूलो होहल्ला भइरहेको बेला यो आगजनी भएको छ ।
ग्रेजोनले प्रकाशित गरेका तथ्यहरु उपर कसले जवाफ दिने ? अरुले जवाफ दिएर हुँदैन, सरकारले जवाफ दिनुपर्छ । त्यसमा नाम परेकाहरुले जवाफ दिनुपर्छ । जवाफबाट भाग्न कसैले पाउँदैन ।
म यहाँ ग्रेजोनको चर्चा गर्दिनँ, गत वर्ष न्यूयोर्क टाइम्सले नेपालमा भदौ २३ र २४ गते गरिएको आगजनी सम्बन्धमा अति गम्भीर प्रश्न मात्र उठाएको थिएन, तथ्यहरु पनि सार्वजनिक गरेको थियो ।
मैले न्यूयोर्क टाइम्सले निकालेका तथ्यहरुको चर्चा गर्नुको कारण छ । आज बिहान मात्रै सर्वोच्च अदालतको संवेदनशील फाँटहरुमा छानीछानी आगो लगाइएको छ । नेपालमा आगो लगाउन तालिमप्राप्त ग्रुप कोसँग छ ? यो कुरा बुझ्न पनि न्यूयोर्क टाइम्सले उठाएका तथ्यहरुलाई हेर्नुपर्ने हुन्छ ।
न्यूयोर्क टाइम्सले दिएका केही तथ्यहरु..
१. सिंहदरबार सहित विभिन्न भवन जलाउँदा बीचमा एक–एक तला छोडेर आगो लगाइएको छ । भवनहरू जलाउनका लागि प्रयोग गरिने यस्तो तरिका भीडले थाहा पायो भन्न मिल्दैन । यस्ता तरिकाहरु सबै सिकेर गएको समूहले आगो लगायो ।
२. आगजनी भएको आधा घण्टा भित्रै कालो धुवाँ, आगोको मुस्लोको स्वरुप लगायत हेर्दा अति प्रज्वलनशील रासायनिक पदार्थहरू प्रयोग गरेको देखिन्छ । सोडियम, म्याग्नेसियम जस्ता खास प्रकारका पदार्थ प्रयोग गरिएको हुनसक्छ ।
३. नेपाल प्रहरीको फरेन्सिक ल्याबका शाखा अधिकृत पवन ढुंगानाले न्यूयोर्क टाइम्ससँलाई आगलागीमा रासायनिक पदार्थ प्रयोग भएको बताएका छन ।
४. सिङ्गापुरका आगलागी विज्ञ केनेथ किले आगजनीको विष्लेशण गर्दा सोडियम र म्याग्नेसियमजस्ता रासायनिक तत्व प्रयोग गरिएको कुरा न्यूयोर्क टाइम्सलाई बताएका छन ।
५. सिंहदरबार आगलागीका दौरान त्यहाँ भएका युवाहरूको हातमा एक्कासि पेट्रोल बम लगायत अन्य तयारी अवस्थाका ज्वलनशील पदार्थ दिलाइएको थियो । यसरी ओसार्नेमा केही अधबैँसे मानिस पनि संलग्न थिए । हातमा बन्दुक तथा घरेलु हतियार लिएका केही प्रदर्शनकारी कार्यालयमा घेरा हालिरहेका थिए ।
६. आगलागी प्रतिरोधी अवस्थामा राखिएका संवेदनशील दस्ताबेजहरू पूर्वजानकारी भएजसरी नै खोजीखोजी जलाइएको छ । यस्तो सूचना कसरी प्राप्त भयो ? कसले यस्ता सामग्री तयार गर्ने तथा आपूर्ति गर्ने काम गर्यो ?
७. जेलबाट निस्किएका नेताहरू तथा आन्दोलनलाई उग्र बनाउने समूहका नेताका घर भने सुरक्षित किन भयो ? न्यूयोर्क टाइम्सले उठाएको प्रश्न हो यो ।
८. न्यूयोर्क टाइम्सले प्राप्त गरेका निगरानी भिडिओ र प्रहरी स्रोतका अनुसार, काठमाडौं, पोखरा र विराटनगरमा भएका आगजनीहरू एउटै समयमा सुरू भएका थिए । काठमाडौंको मीनभवनस्थित सरकारी कार्यालयमा आगो लगाउने व्यक्तिहरू उस्तै पहिरनमा थिए र एउटै दिशाबाट समन्वित रूपमा प्रवेश गरेका देखिन्छन् ।
आजकाल नेपालमा यस्ता आगजनीको समर्थनमा बोल्यो लेख्यो भने ताली पाइन्छ । विरोधमा बोल्यो भने गाली पाइन्छ । के हुन लाग्यो हाम्रो नेपालमा ?
काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ। समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई...
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend