Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित


    बिहिबार, असोज १ २०८३
    35
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ।

    समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो। विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो।

    उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए। समितिको प्रतिवेदन प्रतिनिधि सभाको आजै बस्ने बैठकमा पेश गर्ने ढकालले बताए। प्रतिवेदनलाई अन्तिम रुप दिन उनले समिति सचिवलाई निर्देशन दिएका छन्।

    समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ। समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो।

    राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार