काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि आज बिहान भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहान ७:३५ बजेको उडानमार्फत नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
नेपालमा विपद्पछिको पुनर्निर्माणका साथै दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विविध आयामबारे छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा.एस.जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित कूटनीतिक संवाद, भारत व्यापार संवर्धन सङ्गठन र भारतीय उद्योग परिसंघका कार्यक्रमहरूमा सहभागी भई औद्योगिक घरानाहरूसँग छलफल गर्ने छन् ।
भ्रमणको अन्तिम दिन शनिबार दिल्ली स्कुल अफ इकोनोमिक्समा विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भई उनी साँझ ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।
मन्त्री वाग्लेको नेतृत्वमा रहेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख डा.सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र निजी उपसचिव कञ्चन बस्नेत छन् ।
काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ। समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३...
काठमाडौं । प्रसूति सेवाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुगेकी बबिता पासवानले पैसा नभएका कारण २५ भदौमा सडक पेटीमा बच्चा जन्माएकी थिइन् । उक्त...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend