Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा जाने विषय संसदीय समितिलाई जानकारी गराइयो


    बिहिबार, असोज १ २०८३
    35
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई दिएका छन् ।

    बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन साहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने जानकारी गराएका हुन् ।

    उनले संयुक्त राष्ट्रसङ्घको महासभा अर्को सातादेखि सुरु हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने बताए ।

    ‘राष्ट्रसङ्घको महासभा अर्को हप्तादेखि सुरु हुँदै छ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछौं,’ समितिमा उनले भने ।

    महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाइने अपेक्षा गरिएको छ ।

    बिहीवारको समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसङ्घको महासभामा परराष्ट्रमन्त्रीको सहभागिताका विषयमा समेत छलफल भएको छ ।

    बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए । नेपालको अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको छ ।

    परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिता नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार