Nepal Face
  • बुधबार, ३१ भाद्र २०८३
  • उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने सर्वदलीय बैठकको निर्णय


    बुधबार, भाद्र ३१ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलपछि नेकपाका नेता माधवकुमार नेपालले मुख्य गरी बैठकमा दुई वटा विषय केन्द्रीत छलफल भएको बताए ।

    एउटा सर्वदलीय राजनीतिक संयन्त्र बनाएर त्यसलाई निरन्तरता दिने । अर्को संसदभित्र विशेष समिति गठन गर्न सभामुखलाई आग्रह गर्ने र एक हप्ताभित्र त्यो गठन होस र त्यसले अहिलेको विपतका सवालमा छलफल र काम गरोस् भन्ने दुई बिषयमा छलफल भएको उनले बताए।

    रास्वपा सांसद जगदीश खरेलले बाढीपछि रास्वपा सभापति रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय भएको बताए । उनले बैठकले जनमोर्चालाई समेत संयन्त्रमा समावेश गर्ने निर्णय भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार