Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सर्पको डसाईबाट एकको मृत्यु


    आइतबार, बैशाख २१ २०७७
    610
    Shares
  • १ मिनेट पाठ
  •  रुपन्देही, २१ बैशाख । रुपन्देहीमा विषालु सर्पको डसाइबाट  एक महिलाको मृत्यु भएको छ।

    सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो।

    उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए।

    रुपन्देहीको ग्रामीण समाजमा महिलाको जागरण र राजनीतिक गतिविधिमा क्रियाशील थारुको योगदान उल्लेखनीय रहेको नेकपा क्षेत्र नम्बर ३ का क्षेत्रीय संयोजक हितराज पन्थीले बताए।

    उनको अन्तिम दाहसंस्कार आजै भएको छ ।रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार