काठमाडौँ। चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ।
विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा-ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको छ।
उद्धार प्रयासमा सहभागी पूर्वऊर्जामन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ।
उनले भने, ‘सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकाले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ। अब विद्युत्गृह पुग्न करिब १०० मिटर बाँकी रहेको जानकारी छ।’
यो अवस्थामा प्रत्येक मिटरका प्रगति र संकेतले हामी सबैमा नयाँ आशा जगाएको उनले बताएका छन्।
साथै स्याफ्रुबेँसीतिरबाट स्केभेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढेको छ।
पूर्वऊर्जामन्त्री घिसिङले भने, ‘आजसम्ममा सुरुङमा स्कोभेटर पुग्ने सम्भावना रहेको छ। स्केभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउनेछ। उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ।’
यस कठिन र संवेदनशील घडीमा अहोरात्र उद्धारमा खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत् कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष-परोक्ष रूपमा सहयोग गरिरहेका सबैप्रति उनले आभार तथा धन्यवाद दिएका छन्।
चिलिमे जलविद्युत् केन्द्रको प्रवर्धक चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव तथा समन्वय एवम् सहजीकरण गरिरहेको घिसिङले बताएका छन्।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले...
काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend