Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • काँग्रेस सभापति गगन थापा आज स्याङ्जा जाँदै


    बिहिबार, भाद्र २५ २०८३
    70
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् ।

    काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा आयोजित शोक सभामा सहभागी हुन थापा स्याङ्जा जान लागेका हुन् ।

    काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिले आयोजना गरेको शोक सभामा सहभागी भई सभापति थापासहितका शीर्ष नेताहरूले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

    लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन तथा स्याङ्जाको सामाजिक-राजनीतिक क्षेत्रमा श्रेष्ठले पुर्‍याएको योगदानको स्मरणमा शोक सभा आयोजना गरिएको काँग्रेसले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार