काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् ।
कांग्रेस भक्तपुरले बुधबार १३३ औं बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सर्वोच्चबाट निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका हुन् ।
निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि आफूहरू सर्वोच्च गएको भन्दै देउवाले भने, ‘हामीले सर्वोच्चमा दियौं । सर्वोच्चले चुनाव भइसक्यो, के गर्ने ? पहिले भएको भए हुन्थ्यो भन्यो । अति भयो नि भनेपछि पुनरावलोकनमा गयौं । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो ।’
विशेष अधिवेशन बोलाएपछि आफूहरूले मुद्दा हाले पनि निर्वाचन आयोगका पदाधिकारीले ‘ज्यानको खतरा’ देखाउँदै पार्टी अद्यावधिक गरिएको पनि देउवाले दाबी गरे ।
‘हामीले मुद्दा हाल्यौं निर्वाचन आयोगमा । निर्वाचन आयोगको अध्यक्ष (प्रमुख) ले ज्यानको खतरा भएकाले भनेको छ । बोलेको छ है हेर्नुस् त्यहाँ,’ उनले भने, ‘ज्यानको खतरा भएर गर्नुपर्यो भनेको उसले बोलेको छ । मैले भनेको होइन, सबैले सुनेको कुरो हो यो । ज्यानको खतरा, त्यत्रो त्रास । सिधा डरायो, त्यो निर्वाचन आयोगको प्रमुख ।’
देउवाले आफूहरूलाई पार्टीको आधिकारिकताबाट बञ्चित गर्ने प्रयास भइरहेको पनि आरोप लगाए । ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ,’ देउवाले भने, ‘तर, हामी कुनै हालतमा मान्दैनौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सर्वोच्चबाट आफूहरूलाई न्याय हुनेमा विश्वस्त रहेको पनि विचार गोष्ठीमा सुनाए ।
‘यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ– जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘मलाई विश्वास छ, जति सुकै जे गरे पनि सर्वोच्चले न्याय दिने छ भन्ने विश्वास छ ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend