काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले सार्वजनिक पदाधिकारीले हालसम्म प्राप्त गरेका उपहारको एकमुष्ट विवरण तयार गरी वेबसाइट वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्न आदेश दिएको हो।
सार्वजनिक पदाधिकारीले विभिन्न भेटघाट तथा विदेश भ्रमणमा प्राप्त गरेका उपहार सरकारीकरण गर्नुपर्ने मागसहित दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपहार व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको हो।
सबै उपहारको एकीकृत विवरण सार्वजनिक गर्नू
सर्वोच्चले सार्वजनिक पदाधिकारीहरूले हालसम्म प्राप्त गरेका उपहारको एकीकृत विवरण तयार गर्न सरकारलाई आदेश दिएको छ।
त्यस्तो विवरण सर्वसाधारणले सहजै हेर्न सक्ने गरी सम्बन्धित निकायको वेबसाइट वा अन्य माध्यमबाट सार्वजनिक गर्नुपर्ने आदेशमा उल्लेख छ।
अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार उपहारको विवरण सम्बन्धित निकायमा पेस नगर्ने पदाधिकारीको कानुनी दायित्वसमेत निर्धारण गर्न सरकारलाई निर्देशन दिइएको छ।
आफैँ राख्न चाहे मूल्य तिर्नुपर्ने
सर्वोच्चले सार्वजनिक पदाधिकारीले प्राप्त गरेको उपहार आफैँसँग राख्न चाहेको अवस्थामा उपहारको वर्गीकरण गरी न्यूनतम मूल्य निर्धारण गर्न आदेश दिएको छ।
न्यूनतम मूल्यभन्दा बढी पर्ने उपहार आफैँ राख्न चाहे सम्बन्धित पदाधिकारीले सरकारबाट खरिद गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।
यसैगरी, सार्वजनिक पदाधिकारीले आफैँ राखेको उपहार करयोग्य आय हुने वा नहुने विषय स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने आदेशमा उल्लेख छ।
कानुनी रिक्तता तत्काल पूर्ति गर्न निर्देशन
सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने उपहारको अभिलेख, मुल्यांकन, सरकारीकरण तथा सार्वजनिक विवरणसम्बन्धी विषयलाई व्यवस्थित गर्न आवश्यक कानुनी प्रबन्ध गर्न सर्वोच्चले निर्देशन दिएको छ।
यससम्बन्धी स्पष्ट कानुन निर्माण नहुँदासम्म कानुनी रिक्तता नरहने गरी तत्काल आवश्यक अन्तरिम व्यवस्था गर्न पनि सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको छ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend