Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत


    बुधबार, भाद्र २४ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन्।

    त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराइन् । त्यसपछि मन्त्री गौतमले सो विधेयक सभामा प्रस्तुत गरिन् ।

    विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले नेपाल कानुन आयोगलाई कानुन तर्जुमा, कानुनसम्बन्धी अध्ययन अनुसन्धानका क्षेत्रमा उत्कृष्ट निकाय ‘सेन्टर फर एक्सिलेन्स’का रूपमा विकास गर्न मौजुदा कानुन पर्याप्त नभएकाले आयोगको संरचना र कार्य क्षेत्रमा आवश्यक परिमार्जन गरी समग्र कार्यसम्पादनको स्तर सुधार गर्न मौजुदा ऐन संशोधन गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारिन् ।

    त्यसअघि बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार