Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • बालेनलाई रविको सुझाव- पीडितप्रति तुच्छ टिप्पणी गर्ने व्यक्तिमाथि विज्ञप्तिमात्र होइन, एक्सन लिनुस्


    बुधबार, भाद्र २४ २०८३
    20
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् ।

    उनले पीडितप्रति अमानवीय व्यवहार गर्नेलाई कारबाही गर्न पनि सरकारलाई सुझाए । रविले प्रतिनिधिसभामा विशेष सम्बोधन गरिरहँदा आज प्रधानमन्त्री बालेन पनि उपस्थित थिए ।

    उनले भने, ‘पीडामा रहेका नागरिकलाई कतैबाट अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला ।’

    उनले रास्वपालाई विपद्मा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको समेत बताए । उनले सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने चेतावनी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार