काठमाडौँ। बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थापछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले विशेष व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
अब उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डर सोही मूल्यमा साटेर ग्यास लिन सक्नेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगलाई आवश्यक व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएकी छन्
मन्त्रालयका अनुसार हाल बाढीका कारण उत्पन्न भएको आपूर्ति असहजताका बीच उपभोक्तालाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था गरिएको हो।
उपभोक्ताले आफ्नो नियमित ब्रान्डको ग्यास नपाएको अवस्थामा अर्को कम्पनीमार्फत ग्यास प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
सरकारले यो व्यवस्था हालका लागि काठमाडौँ उपत्यकामा मात्र लागू हुने जनाएको छ। आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किएसम्म उपभोक्ताले खाना पकाउने ग्यासको अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले वैकल्पिक वितरण प्रणाली अपनाइएको मन्त्रालयको भनाइ छ।
मन्त्री यादवले विपद्को परिस्थितिलाई अवसरका रूपमा प्रयोग गरी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक सास्ती दिने वा सरकारी निर्देशनको अवज्ञा गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएकी छन्।
सरकारले आपूर्ति व्यवस्थालाई नियमित र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सक्रिय रहन निर्देशन दिँदै ग्यास वितरणमा देखिन सक्ने अवरोध तत्काल हटाउन आग्रह गरेको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण र प्राविधिक सहयोगका लागि कुलमान घिसिङ आफ्नो टोलीसहित आयोजनास्थल पुगेका छन् । नेपाली सेनाले...
काठमाडौँ । प्रतिनिधि सभा, अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ । अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend