Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • चिलिमेमा जारी उद्धारमा मद्दतका लागि सेनाले कुलमानलाई पनि बोलायो


    बुधबार, भाद्र २४ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार टोलीलाई मद्दत गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि आज त्यहाँ पुग्दै छन्।

    उनको सचिवालयका अनुसार नेपाली सेनाको अनुरोधमा पूर्वऊर्जामन्त्रीसमेत रहेका घिसिङ आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

    विदेशी विज्ञसहित त्यहाँ खटिएको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउसभित्र जान प्रयासरत छ।

    यही क्रममा आवश्यक समन्वय र सुझावका लागि पूर्वऊर्जामन्त्री घिसिङलाई पनि नेपाली सेनाले बोलाएको हो।

    आयोजनाको सुरुङभित्र अझै ६ जना फसेको अनुमान गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार