Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल बुकिङ


    मंगलबार, भाद्र २३ २०८३
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ।

    मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाएर बुकिङ गरेका हुन्। दुलालले पठाएको चलानी नम्बर १०२९ को पत्रमा प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैंचा उपलब्ध गराउन अनुरोध गरिएको छ।

    पत्रमा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गर्न भनिएको छ। महाधिवेशनका लागि कांग्रेसले आउँदो असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि बुकिङ गरेको हो।

    सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बठकले आउँदो असोज १५ देखि २० गतेसम्म १५औं महाधिवेशन गर्ने तय गरेको थियो। संस्थापनइतर पक्षले भने डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यातालिका सार्वजनिक गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार