काठमाडौं । राहत र उद्दारका लागि दक्ष जनशक्ति र सुरक्षाकर्मी जानुपर्ने ओसार्ने सेनाको हेलिकोप्टरमा रास्वपाका सांसद सागर ढकाल गए । उनी सेनाको हेलिकोप्टरमा गएनन्, मात्र सयौंको मृत्यु भइसकेको र हजारौं हराइरहेको देश नै शोकमा परेको बेला हास्दै फोटोसेसन गरेको तस्वीर सार्वजनिक भएपछि संवेदनहीनता पनि झल्कायो ।
अर्की रास्वपा सांसद आशिका तामाङले रातदिन खाईनखाई उद्दार र राहतमा परिचालन भएका स्थानीय जनप्रतिनिधिलाई गरेको दुब्र्यवहार पनि अशोभनीय नै देखिएको छ । फ्रुटी बाँडेर हिलोमा हिंड्दैमा बाढी प्रभावित क्षेत्रमा खटिएका स्थानीय तहका जनप्रतिनिधिलाई असभ्य तरिकाले गालीगलौज गरेको भिडियाले रास्वपाका जनप्रतिनिधि कस्ता छन्, सामाजिक संजालमा भ्युज बढाउने र पैसा कमाउन स्टन्टबाजी कसरी गर्दछन् भन्ने देखाएको छ ।
रास्वपाकै अर्का सांसद ज्वाला संग्रौला उर्फ टीकालाई त बाढी प्रभावित क्षेत्रमा जाँदा उद्दार नै गर्नुपरेको भिडियो भाइरल भइसकेको छ । यसरी बाढी प्रभावित क्षेत्रमा पुगेका रास्वपा सांसदहरुको स्टन्टले गाईजात्रा पनि बिर्साएको टिप्पणी एमाले नेता गोकुल बाँस्कोटाले गरेका छन् ।
बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेका गतिविधिप्रति कटाक्ष गर्दै गाईजात्रा बिर्साएको टिप्पणी गरेका हुन् ।
बास्कोटाले सामाजिक सञ्जालमार्फत विपद् प्रभावित क्षेत्रमा भइरहेका उद्धार तथा राहत गतिविधिको प्रदर्शनप्रति प्रश्न उठाउँदै ‘नीलो क्रान्ति’ वाला भीआईपीहरूको भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साउने अवस्था आएको टिप्पणी गरेका हुन् ।
उनले जलवायु परिवर्तनका कारण विश्व नै गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको असरप्रति धनी राष्ट्रहरूको बेवास्ता पनि उत्तिकै रहेको बताएका छन् । विपद्का बेला अन्तर्राष्ट्रिय तथा अन्य पक्षबाट सहयोग प्राप्त भए पनि त्यसलाई प्रस्तुत गर्ने शैलीप्रति भने उनले असन्तुष्टि जनाएका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्–‘विपतमा नीलो क्रान्तिवाला भीआईपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो। जलवायु परिवर्तनको भयानक असरले विश्व पीडित छ । र, धनी राष्ट्रहरूको वेमतलव पनि उस्तै ।’
उनले थप लेखेका छन्, ‘सहयोग त दिएकै छन्। तर यस्तो लाग्छ– त्यो आँशुको अन्तहीन व्यापार चलिरहन्छ ।’
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३...
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ आज सोमबार भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्। मन्त्री श्रेष्ठ अहिले बिहान...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित...
काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले वालेन्द्र शाह नेतृत्वको सरकारलाई यो महाविपत्तिमा सरकारले गर्नुपर्ने कामहरुको बारेमा ध्यानाकर्षण गराएका छन् । भट्टराईले सामाजिक संजालमा लेखेका छन्–यो...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend