Nepal Face
  • आइतबार, १४ भाद्र २०८३
  • अहंकार र निषेध होइन, एकता र सहकार्यको हात बढाऔं : योगेश भट्टाराई


    आइतबार, भाद्र १४ २०८३
    165
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले वालेन्द्र शाह नेतृत्वको सरकारलाई यो महाविपत्तिमा सरकारले गर्नुपर्ने कामहरुको बारेमा ध्यानाकर्षण गराएका छन् ।

    भट्टराईले सामाजिक संजालमा लेखेका छन्–यो महासंकट र महाविपत्ति भएकाले सिंगो राष्ट्रले एकता प्रदर्शन गर्ने बेला हो । अंहकार, निषेध र प्रतिशोधलाई आफ्नै पैतालाले कुल्चने र एकता र सहकार्यको हात बढाउने बेला हो । आह्वान र नेतृत्व प्रधानमन्त्रीले गर्ने हो । यो पदीय र ऐतिहासिक जिम्मेवारी पूरा गर्न सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई अनुरोध गर्दछु र निम्नकामका लागि ध्यानाकर्षण गर्दछु ।

    भट्टराईले ध्यानाकर्षण गराएका बुँदाहरु

    १. जोखिमपूर्ण उद्धार, मुख्य सडक, पुल लगायतका ठुला संरचनाको निर्माणको काम केन्द्र सरकारले गर्ने । यसका लागि वैदेशिक सहयोग, जनशक्ति तथा उपकरण समेत परिचालन गर्ने ।
    २.. घाइतेको उद्धार र उपचार मूलत केन्द्र र प्रदेश सरकारको समन्वयमा गर्ने । स्थानीय सरकारको सहयोग लिने । यसका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा तीन तहको सरकारका प्रतिनिधि सम्मिलित एक समन्वय समिति गठन गर्ने ।

    ३. बैकल्पिक सडक खोल्ने र सुचारू गर्ने काम प्रदेश सरकारले गर्ने । केन्द्र सरकारले प्रविधि र जनशक्ति सहयोग गर्ने ।

    ४. मृतकहरुको शव पहिचान, दाहसंस्कार र व्यस्थापनमा स्थानीय सरकारको सहयोग लिने ।

    ५. तत्काल आवश्यक खाद्यान्न, लत्ताकपड़ा, अस्थायी आवासका सामाग्रीको संकलन र अभिलेखीकरणलाई एकीकृत गर्ने । यसको बितरणको काम स्थानीय सरकारलाई दिने ।

    ६. सार्वजनिक तथा निजी भौतिक सम्पत्तिको क्षतिको यथार्थ बिबरण तत्काल संकलन गर्ने । २०७२ को भूकम्पपछिको पुननिर्माणको अवधारणा अनुसार दुई वर्षभित्रमा पुनःनिर्माणको काम सन्पन्न गर्ने । पुनःनिर्माणको काममा तीनै तहका सरकारलाई एकीकृत रूपमा सहभागितासहित परिचालन गर्ने ।

    ७. पुननिर्माण कोषको स्थापना गर्ने । यस कोषमा देशभित्र र बाहिरबाट सहयोगको आह्वान गर्ने । उपयुक्त कानुन र कार्यविधि बनाएर यो कोष पीडितहरूको जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा निजी क्षेत्रबाट निर्माणाधीन तथा संचालित जलबिद्युत आयोजना लगायत अन्य उद्योग तथा व्यवसाय पुनः संचालनमा परिचालित गर्ने ।

    ८. प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय संयन्त्रमार्फत् उद्धार, राहत तथा पुननिर्माणको अनुगमन गर्ने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार