काठमाडौं । डिप बोरिङ तथा मोटर जडान कार्यको लागि उपभोक्ता समितिलाई भुक्तानी सहज गराइदिने भनी ७ लाख ५० हजार घुस लिइसकेपछि पक्राउ परेका भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रकम भुक्तानी गर्ने क्रममा दुस्ख हैरानी दिई सेवाग्राहीसँग बार्गेनिङ गरी गराई ७ लाख ५० हजार रूपैयाँ लिएको पुष्टि भएकाले अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीसमेतको आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यको लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समितिहरू गठन गराइएको थियो ।
कागजमा देखाउने प्रयोजनका लागि मात्र तत्तत् उपभोक्ता समितिहरू गठन गरी उपभोक्ता समितिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा तयार गर्नु गराउनुपर्ने कागजातहरू आफैंले तयार गरी गराई जल उपभोक्ता समितिको छाप र अध्यक्षको सही गरी गराई भुक्तानी दिए दिन लगाए वापत ढकाल र चौधरीले घुस बार्गेनिङ गरी लिएका थिए ।
ढकाल र चौधरीबिरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार ७ लाख ५० हजार नै बिगो मागदाबी लिई बुधबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend