काठमाडौं । डिप बोरिङ तथा मोटर जडान कार्यको लागि उपभोक्ता समितिलाई भुक्तानी सहज गराइदिने भनी ७ लाख ५० हजार घुस लिइसकेपछि पक्राउ परेका भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रकम भुक्तानी गर्ने क्रममा दुस्ख हैरानी दिई सेवाग्राहीसँग बार्गेनिङ गरी गराई ७ लाख ५० हजार रूपैयाँ लिएको पुष्टि भएकाले अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीसमेतको आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यको लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समितिहरू गठन गराइएको थियो ।
कागजमा देखाउने प्रयोजनका लागि मात्र तत्तत् उपभोक्ता समितिहरू गठन गरी उपभोक्ता समितिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा तयार गर्नु गराउनुपर्ने कागजातहरू आफैंले तयार गरी गराई जल उपभोक्ता समितिको छाप र अध्यक्षको सही गरी गराई भुक्तानी दिए दिन लगाए वापत ढकाल र चौधरीले घुस बार्गेनिङ गरी लिएका थिए ।
ढकाल र चौधरीबिरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार ७ लाख ५० हजार नै बिगो मागदाबी लिई बुधबार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्...
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका...
नुवाकोट । नुवाकोटमा प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले...
काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend