Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रसुवामा बाढी: प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन


    बुधबार, भाद्र १० २०८३
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले रसुवामा आएको भीषण बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरेको छ।

    बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर परिचालन गरिएका छन्।

    त्यस्तै, नेपाली सेनाको दुई वटा उद्धार र एउटा स्वास्थ्यकर्मीसहित तीन वटा हेलिकप्टर टोली नुवाकोट र रसुवा प्रस्तान गरेको छ।

    यससँगै धादिङ, नुवाकोट, रसुवा, चितवनका सबै सुरक्षा निकाय परिचालन गरिएको छ।

    राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धनसहितको ट्यांकर काठमाडौंबाट परिचालन गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार