Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रसुवा बाढी: टिमुरे बजारमा ठूलो क्षति, सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्र तर्फ उडे 


    बुधबार, भाद्र १० २०८३
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको बस्ती क्षेत्रमा क्षति पुगेको हो ।

    बाढीले पुर्‍याएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

    घटना बारे बुज्न र उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् ।

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् ।

    थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार