Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • बागमतीमा एमाले, नेकपा र राप्रपाबिच सत्ता सहकार्यको सहमति


    मंगलबार, भाद्र ९ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा । बागमती प्रदेशमा नेकपा )एमाले),नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ ।

    संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबिच ६ बुँदे समझदारी भएको हो ।

    मंगलबार भएको समझदारीअनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँट गरिनेछ । मन्त्रालयको संख्या भने हाल कायम आठभन्दा नबढाउने सहमति भएको छ ।

    त्यस्तै, प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार