Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • भोलि प्रधानमन्त्रीलाई प्रश्न सोध्न यी ११ सांसदले टिपाए नाम


    मंगलबार, भाद्र ९ २०८३
    80
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बुधबार हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्दैछन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने भएका छन् । त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् । श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछिन् ।

    प्रश्न सोध्ने सांसदहरूले पहिले नै के प्रश्न सोध्न चाहेको हो ? त्यो संसद् सचिवालयमा दर्ता गराउनुपर्नेछ । सोही अनुसार सत्ता पक्ष र प्रतिपक्षी ११ सांसदहरुले सोध्न चाहेको प्रश्न संसद सचिवालयमा दर्ता गराएका हुन् ।

    यसअघि भदौ १ गतेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

    जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’ यसअनुसार उनले बुधबारका लागि कार्यक्रम तय गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार