काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले सोमबार रिट दिएका थिए। उनीहरूले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। दुवै जनाले दिएको पूरक निवेदनमाथि भदौ ११ मा पेसी तोकिएको छ।
विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्।
कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवैको माग छ। त्यस्तै, यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग गरिएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो। त्यसविरुद्ध देउवा र खड्का सर्वोच्च गएका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो।
त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै देउवा र खड्काले निवेदन दिएका थिए। निवेदनमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको पूर्ण इजलासले निसा दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो।
काठमाडौं। पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी...
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी) को आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्षका...
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका...
काठमाडौं । बुधबार हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend