काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ औपचारिक रूपमा सुरू भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन्।
गत वर्षको तुलनामा यसपटक प्रदर्शनीका स्टलहरू फराकिलो र व्यवस्थित बनाइएको आयोजकले जनाएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त,बीमा, सर्भिस र पार्ट्ससम्बन्धी जानकारी एकै ठाउँबाट लिन सक्ने व्यवस्था मिलाइएको छ। यसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, खर्च तथा सुविधाबारे तुलनात्मक रूपमा जानकारी लिन सहज हुने आयोजकको अपेक्षा छ।
नाडाका अनुसार प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड,७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ।
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य समस्या रहेको भनी मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको छ। त्यस्तो...
काठमाडौं। चितवनमा प्रहरीले १६८ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको...
काठमाडौँ। आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन्। मधेस प्रदेश सरकार उद्योग,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend