काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक आज बिहान १०:१५ बजे बस्ने छ भने प्रतिनिधि सभा बैठक अपराह्न १ बजे बस्नेगरि बोलाएको छ
आज बस्ने प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने छन् ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यसैबीच, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ औपचारिक रूपमा सुरू भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य समस्या रहेको भनी मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको छ। त्यस्तो...
काठमाडौं। चितवनमा प्रहरीले १६८ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको...
काठमाडौँ। आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन्। मधेस प्रदेश सरकार उद्योग,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend