काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम भ्रमणमा रहेकी छन्। मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा पुगिरहेकी छन्।
भ्रमणका क्रममा मन्त्री रावलले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग भूमिसम्बन्धी समस्या समाधानको अवस्थाबारे जानकारी लिँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कामलाई तीव्रता दिन आग्रह गरेकी छन्। मन्त्री रावलले कैलालीको धनगढी उपमहानगरपालिका,कैलारी गाँउपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका,वदगोरिया नगरपालिका, घोडाघोडी नगरपालिका,गौरीगंगा नगरपालिका लगायतका स्थायीय तहमा पुगेर नापजाँच तथा लालपुर्जा वितरणको काम तिव्र गतिमा अघि बढाउन जनप्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरिन्।
मन्त्री रावलले पालिका–पालिकामा पुगेर भूमिहीन सुकुम्बासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिरहेकी छन्। कन्चनपुरको दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरलगायतका पालिकामा पुगेर उनले भूमिहीन नागरिकका समस्या, उनीहरूले भोगिरहेका कानुनी तथा प्रक्रियागत जटिलता र लालपुर्जा प्राप्तिको अवस्थाबारे जानकारी लिएकी हुन्।
भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन सुकुम्बासीलाई सरकारले लालपुर्जा दिने बाटो खुलिसकेको र आवश्यक कानुनी सुधारसमेत अघि बढाइएको बताउँदै नआत्तिन र अफवाहमा नलाग्न आग्रह गरेकी छन्। वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छुट्न नहुने भन्दै उनले स्थानीय तह र सम्बन्धित निकायलाई प्रभावकारी ढङ्गले काम गर्न निर्देशन समेत दिएकी छन्।
भूमिसँग जोडिएका समस्या मात्रै नभई मन्त्री रावलले सहकारी पीडितका गुनासा पनि प्रत्यक्ष रूपमा सुनिरहेकी छन्। सहकारीमा बचत गरेको रकम फिर्ता नपाएका पीडितको समस्या समाधान र बचत फिर्ताको प्रक्रियालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताइन्। कैलालीमा सहकारी पीडितको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जानकारीसमेत उनले दिएकी छन्।
त्यस्तै, मन्त्री रावलले कञ्चनपुरका आरक्षपीडितहरुसँग पनि प्रत्यक्ष भेटघाट गरेकी छन्। भेटघाटका क्रममा लामो समयदेखि समाधान हुन नसकेको आरक्षपीडितको समस्या पनि सरकारको प्राथमिकतामा रहेको मन्त्री रावलले बताइन्।
मन्त्री रावलले भूमिसम्बन्धी समस्या समाधानमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन्। एउटा तहको असहयोगका कारण पूरै पालिकामा लालपुर्जा वितरणको काम प्रभावित हुन सक्ने भन्दै उनले सबै तहका सरकारलाई नागरिकको समस्या समाधानका लागि साझा रूपमा अघि बढ्न आग्रह गरेकी छन्।
मन्त्री रावलको भ्रमणका क्रममा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद, समस्या सुन्ने, स्थलगत अवस्थाको जानकारी लिने र सम्बन्धित निकायलाई कामको गति बढाउन निर्देशन दिने क्रम चलिरहेको छ। मन्त्री रावल औपचारिक बैठकभन्दा नागरिककै बीचमा पुगेर प्रत्यक्ष संवाद गरिरहेकी छन् ।
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend