काठमाडौँ । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार प्रहरीलाई प्रदान गरिएको हो।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई चुस्त-दुरुस्त बनाउने उद्देश्यले सवारीसाधन उपलब्ध गराइएको जानकारी दिए।
मन्त्रालयका अनुसार प्रदेशका आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई एक-एक वटा पिकअप जिप दिइएको छ।
सवारीसाधन प्राप्त गर्ने इलाका प्रहरी कार्यालयमा रौतहटको चन्द्रपुर र गरुडा तथा सर्लाहीको गोडैता र गडहिया रहेका छन्। मन्त्रालयले प्रत्येक गाडी मूल्य अभिवृद्धि कर (भ्याट)सहित ३९ लाख पाँच हजार रुपैयाँमा खरिद गरेको जनाएको छ।
सवारीसाधन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend