सुर्खेत । कर्णालीमा सोमबार बिहान ११ बजेका लागि राखिएको मन्त्रीको शपथ कार्यक्रम स्थगित गरिएको छ । मन्त्री छनोटमा कुरा नमिलेपछि शपथ कार्यक्रम नै स्थगित भएको हो ।
यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले ११ बजेका लागि समय तोक्यो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको सिफारिस पठाउन सकेनन् ।
अहिले मुख्यमन्त्री शाही स्वयम् प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको स्रोतले बताएको छ ।
यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा थियो । तर साबिक समाजवादी धारले नमानेको स्रोत बताएको छ ।
साबिक समाजवादी धारले कल्याणी खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने भनेको छ । साबिक समाजवादीका एक जना मात्रै समानुपातिक सांसद छिन् ।
साथै,अन्य सांसदले पनि मन्त्रीका लागि दाबी गरिरहेकाले मुख्यमन्त्री शाहीलाई मिलाउन सकस भएको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend