Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी


    सोमबार, भाद्र ८ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालय आगलागी भएको छ । राति १ बजेको समयमा ताजाँकोट गाउँपालिका कार्यालय आगलागी भएको हो ।

    स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको हो ।

    स्थानीय र प्रहरीको सहयोगमा ३ बजे ४५ मिनेटमा आगो पूर्ण नियन्त्रणमा लिइएको हो । आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार