Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • रविको निर्देशन-‘पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको कार्ययोजना ल्याउनू’


    आइतबार, भाद्र ७ २०८३
    125
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आइतबार राजधानी काठमाडौँमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए ।

    लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे । उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनु भन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए । कयौँ नेताहरू पनि थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ । आज कसलाई दोष देखाउने रु अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस् । अब बितेको ३५ वर्षको लागि उहाँहरू लाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे धन्यावाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि ।’

    उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यावाद दिनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार