पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार बिहान पोखराबाट सडकमार्ग हुँदै मुस्ताङतर्फ गएका छन् । शुक्रबार साँझ पोखरा पुगेका प्रधानमन्त्री शाह राति अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका थिए ।
प्रधानमन्त्री शाह शनिबार बिहान आफू शुक्रबार काठमाडौंँबाट पोखरा आउँदा प्रयोग गरेको सरकारी गाडीमै आफ्नो टोलीसहित मुस्ताङतर्फ लागेका हुन् ।
उनको भ्रमण टोलीमा पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ पनि सहभागी छन् । प्रधानमन्त्री शाह पोखरा पुगेपछि शुक्रबार साँझ पर्यटनमन्त्री पौडेल पनि उनलाई साथ दिन रिसोर्ट पुगेका थिए ।
यसअघि प्रधानमन्त्री शाह पोखराबाट सेनाको हेलिकप्टरमार्फत् मुस्ताङ जाने तयारी रहेको बताइएको थियो । तर अन्तिम समयमा हेलिकप्टरको विकल्प छाडेर उनी सडकमार्गबाटै मुस्ताङतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङ गएको बताइएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend