Nepal Face
  • शनिबार, ६ भाद्र २०८३
  • हेलिकप्टर छाडेर गाडीमै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन


    शनिबार, भाद्र ६ २०८३
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार बिहान पोखराबाट सडकमार्ग हुँदै मुस्ताङतर्फ गएका छन् । शुक्रबार साँझ पोखरा पुगेका प्रधानमन्त्री शाह राति अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका थिए ।

    प्रधानमन्त्री शाह शनिबार बिहान आफू शुक्रबार काठमाडौंँबाट पोखरा आउँदा प्रयोग गरेको सरकारी गाडीमै आफ्नो टोलीसहित मुस्ताङतर्फ लागेका हुन् ।

    उनको भ्रमण टोलीमा पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ पनि सहभागी छन् । प्रधानमन्त्री शाह पोखरा पुगेपछि शुक्रबार साँझ पर्यटनमन्त्री पौडेल पनि उनलाई साथ दिन रिसोर्ट पुगेका थिए ।

    यसअघि प्रधानमन्त्री शाह पोखराबाट सेनाको हेलिकप्टरमार्फत् मुस्ताङ जाने तयारी रहेको बताइएको थियो । तर अन्तिम समयमा हेलिकप्टरको विकल्प छाडेर उनी सडकमार्गबाटै मुस्ताङतर्फ प्रस्थान गरेका हुन् ।

    प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङ गएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार