Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • पाटन उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी


    शनिबार, साउन ३० २०८३
    515
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत बार एशोसिएसन पाटनमा वामपन्थी समर्थक कानुन ब्यवसायी समूह बृहत् प्रगतिशील तथा पेसागत समूह (पीपीएलए–एनएलए)को प्यानलै बिजयी भएको छ ।

    नेकपा(एमाले) र नेकपा समर्थित कानुन ब्यवसायीहरुको संगठन पीपीएलए–एनएलएका सेवन्तराज निरौलाको नेतृत्वको प्यानलै बिजयी भएको हो । बिजयी निरौलाले १ हजार १ सय ५२ मतका साथ धेरै फराकिलो मतान्तरले जितेका छन् ।
    रास्वपा निकट राष्ट्रिय स्वतन्त्र कानुन ब्यवसायी मञ्चले १९९ र नेपाली कांग्रेसनिकट डीएलएका देवीप्रसाद रिजालले १२२ मत पाएका छन् ।

    शनिबार भएको निर्वाचनमा पीपीएलए–एनएलए गठबन्धनबाट उपाध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद चिमरिया, सचिवमा अधिवक्ता राजीव पोखरेल, सहसचिवमा अधिवक्ता सीमा सुवेदी र कोषाध्यक्षमा अधिवक्ता दिलकुमार कार्की बिजयी भएका छन् ।

    त्यसैगरी, बिजयी हुनेहरुमा महिला सदस्यतर्फ अधिवक्ता अनिता पौड्याल, अधिवक्ता इन्दिरा शर्मा र अधिवक्ता बबिता राई  छन् ।

    खुला सदस्यतर्फ अधिवक्ता विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मातृका खनाल बिजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार