काठमाडौं । उच्च अदालत बार एशोसिएसन पाटनमा वामपन्थी समर्थक कानुन ब्यवसायी समूह बृहत् प्रगतिशील तथा पेसागत समूह (पीपीएलए–एनएलए)को प्यानलै बिजयी भएको छ ।
नेकपा(एमाले) र नेकपा समर्थित कानुन ब्यवसायीहरुको संगठन पीपीएलए–एनएलएका सेवन्तराज निरौलाको नेतृत्वको प्यानलै बिजयी भएको हो । बिजयी निरौलाले १ हजार १ सय ५२ मतका साथ धेरै फराकिलो मतान्तरले जितेका छन् ।
रास्वपा निकट राष्ट्रिय स्वतन्त्र कानुन ब्यवसायी मञ्चले १९९ र नेपाली कांग्रेसनिकट डीएलएका देवीप्रसाद रिजालले १२२ मत पाएका छन् ।
शनिबार भएको निर्वाचनमा पीपीएलए–एनएलए गठबन्धनबाट उपाध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद चिमरिया, सचिवमा अधिवक्ता राजीव पोखरेल, सहसचिवमा अधिवक्ता सीमा सुवेदी र कोषाध्यक्षमा अधिवक्ता दिलकुमार कार्की बिजयी भएका छन् ।
त्यसैगरी, बिजयी हुनेहरुमा महिला सदस्यतर्फ अधिवक्ता अनिता पौड्याल, अधिवक्ता इन्दिरा शर्मा र अधिवक्ता बबिता राई छन् ।
खुला सदस्यतर्फ अधिवक्ता विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मातृका खनाल बिजयी भएका छन् ।



चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend