Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • आइतबार यी ७ ठाउँबाट ग्याँस बितरण हुने


    शनिबार, साउन ३० २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले आइतबार ७ ठाउँमा ग्याँस बितरण गर्ने भएको छ । खाना पकाउने ग्याँसको अभावमा रहेका उपभोक्ताहरुलाई तोकिएका ठाउँमा ग्याँस लिनका लागि निगमले सूचना निकालेको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगम लि. को समन्वयमा ग्याँस उद्योगीहरुबाट काठमाडौं जिल्लाका तपसिलमा उल्लेखित स्थानहरुबाट तपसिल अनुसारको ब्राण्डका ग्याँस सिलिण्डरहरु बिक्री वितरण गरिने निगमले जनाएको छ ।

    कुनै कारणबस विक्रेताबाट ग्यास प्राप्त गर्न नसकी अति आवश्यक भएका व्यक्तिहरुले मात्र आ–आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित विहान ११ बजेदेखि साँझ ५ बजे सम्म उल्लेखित स्थानमा उपस्थित भई ग्याँस खरिद गर्न सकिने निगमले जनाएको छ ।

    निगमबाट एल. पी. ग्याँसको आयात नियमित रुपमा भइरहेको तथा सोको बिक्री वितरण सम्बन्धित उद्योगहरुले आ–आफ्ना विक्रेताहरुमार्फत् नियमित रुपमा गरिरहेको निगमको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार