रेशम पराजुली
बेनामी उजुरी खडा गरी त्यसकै आधारमा अध्यक्ष हुँदाहुँदै सांसद खगेन्द्र सुनारले गृहसचिव र प्रहरी महानिरीक्षकलाई जुन व्यवहार गरेका छन्, त्यो सरासर बिधि शास्त्रीय तथा नैतिक दृष्टिकोणबाट गलत हो । शंकाको भरमा नै कुनै अनुसन्धान छानबिन नगरी जसरी भ्रष्टाचार भएको ठोकुवा गरियो, एउटा काममा बोलाएर नभएको चोरीको कुरा अगाडि सारेर झपारियो । जुत्ता–मोजा खाने जस्ता अमर्यादित र लज्जाजनक अभिव्यक्ति के शोभनीय हुन् ?
आईजीपीले सत्य कुरा बोल्न थालेपछि सहन नसकी आरोप लगाउने मिटिङ बीचबाटोमा छाडेर हिंडे । केही समय ढिला आउँदा गृहसचिवको हुर्मत लिने व्यक्तिले किन बीचमै कसको आदेशले मिटिङ बहिस्कार गरेर निस्किए ? त्यसरी ढिला आउँदा हपार्नेले आआफैं मिटिङ बहिस्कार गर्न कुन नैतिकताले दिएको हो ?

माननीयज्यू, एउटा कुरा के बुझ्नु भने आईजीपी तपाईंको घरमा काम गर्न बसेको नोकर नभई ८० हजार प्रहरीको सर्वोच्च कमाण्डर हो । ऊ एउटा पदमात्र होइन संस्था हो ।
जहाँसम्म प्रहरीको टेण्डरमा घोटाला गर्ने कार्य सतहमा आउन थालेको कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदादेखि हो । उनैले तोकेको सुजाता कोइरालाको बंगलादेशी ज्वाइँ रुवेल चौधरीलगायतका ठेकेदारलाइ ठेक्का दिन बाध्य गराउँदा नेपाल प्रहरीका होनाहार ६ जना पूर्व र बहालवाला आईजीपीहरु भ्रष्टाचारमा जेल गएका हुन् । उनीहरुले वास्तविक कुरा खोल्न नसकेर जेल गए, त्यसपछि प्रहरी बोल्दैनन् । यिनलाई जे गरे पनि हुन्छ भन्ने कुभावनाको विकास भएको हो ।
त्यही समयदेखि ठेकेदारहरुको दुई समूहबीच कडा प्रतिस्पर्धा छ । एउटा आईजीपी आउँदा ठेकेदारको एक समूह सलबलाउँछ अर्को आईजीपी आउँदा अर्को समूह सलबलाउँछ । एक समूहले पाएसम्म अर्कोलाई सिध्याउने खेल खेल्न पछि पर्दैनन् ।
निर्वाचन प्रहरीको लत्ताकपडा लगायतको सरसामान खरिदमा पनि यही भएको हो । जुन समूहले ठेक्का पाएन । हो, त्यही समूह तपाईंको साखुल्ले भएको हो । तपाईं शक्तिमा आउँदा यो समूहले तपाईं (खगेन्द्र सुनार) लाई चिन्दा पनि चिन्दैनथ्यो । आज तपार्ईं शक्तिमा हुनुहुन्छ, लेखासमितिमा हुनुहुन्छ, त्यसकारण तपाईंलाई नभएको कपोकल्पित सूचना दिएको छ र तपाईंलाई भनेको छ कि हाम्रो नाम गोप्य राखिदिनुहोस् ।
त्यही समूहले टेण्डर बिड गर्यो, परेन तुरुन्तै रोक्न सर्वोच्च अदालतमा रिट हाल्यो, गृहमा हाल्यो, अख्तियारमा हाल्यो, छद्म र बेनामी । केही लागेन अनि तपाईंको शरणमा आयो । हो, त्यसैले हो आईजीपीको घरमा ३ करोड चोरी भयो भनेर गलत सूचना दिएको । असल मनसाय भएको व्यक्तिले कहिल्यै नाम गुमनाम राखेर सूचना दिंदैन ।
त्यसैले आवेशमा आएर गलत निर्णय गर्ने, अपशब्द प्रयोग गर्ने जुत्ता–मोजा खाने, घिसारेर लैजाने जस्ता कानूनविपरीत हुने अभिव्यक्ति दिन रोक्नुहोस् ।
सांसदज्यू, यस्ता नराम्रो बचन नबोल्नुहोस् । तपाईंको वचन अव रास्वपाको वचन हुन्छ । हेक्का राख्नुहोस् कि तपाईंलाई जनताले अत्याधिक मत दिएर कानुन बनाउने ठाउँमा पठाएका हुन् ।
हेक्का राख्नुहोस् कि तपाईंलाई जनताले अत्याधिक मत दिएर सांसद बनाएका हुन्, कानुन बनाउनका लागि । तपाईलाई यिनै ठेक्का नपाउने ठेकेदारदेखि स्वार्थी समूहले बेवकुफ बनाउँदैछन् । किनकि तपाईंको कमजोरी कसैले केही भनेमा विश्वास गरिहाल्ने स्वभावको देखिएको छ । हो, यही कमजोरीको फाइदा स्वार्थ समूहले उठाउँदैछन् ।
रास्वपा सभापति रवि लामिछानेज्यू तपाईं न्यूज २४ मा रहँदा सिधा कुरा जनतासँग र सो बाट प्राप्त सूचनालाई कार्यान्वयनमा ल्याउन काठमाडौंदेखि सोलुखुम्बु जिल्लासम्म व्यवहारमा उतार्न सहजकर्ता र सहयोगीको भूमिका निर्वाह गरेको छु ।
तपाईं पहिलो पटक गृहमन्त्री हुँदा तपाईंलाई सामाजिक सञ्जालबाटै ‘गृह प्रशासनको चुनौती र समाधान’का बारेमा खुलापत्र चर्चित अनलाइनमा छपाउन खोज्दा तपाईंले ठोकुवा गरेका १२ भाइले छाप्न मानेनन् । र, एउटा नयाँ अनलाइनबाट छापेर तपाईंलाई शुभकामना तथा सफलताको कामनाका साथ १० बुँदे सुझाव र समाधानका उपाय सुझाएको थिएँ । त्यो निकै भाइरल बन्यो । आज म केही समयलाई छिमेकी मुलुकमा छु र यहीबाट यो बोधार्थ पत्र लेखिरहेको छु । तपाईंले पार्टीको साख गिराउने तत्वका बारेमा पार्टीभित्र र बाहिर समेत अर्जुनदृष्टि लगाउनुहोला ।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमजीले पनि आफ्ना सासंदहरुको गैरकानुनी अभिव्यक्तिलाई रोक्न प्रयास गर्नुहोला । यस्ता अभिव्यक्तिले पार्टीको हित गर्दैन । यस्ता अराजक अभिब्यक्ति दिने, सुरक्षा संगठनका प्रमुखको हुर्मत लिने सांसदलाई तत्काल निलम्बन गर्नुहोस् ।
गएको जेठमा तपार्ईले सिन्धुलीमा गएर हिन्दी चलचित्र दबङ्ग स्टाइलमा जुन अराजक अभिब्यक्ति दिनुभयो । त्यतिबेला तपाईले आलो काँचो, शान्त भीडलाई उत्तेजित पार्ने काम गर्नुभएको थियो । कानुनी राज्यमा एउटा ल मेकरले खेल्नुपर्ने भूमिका भन्दा पनि कानून नै नमान्ने हचुवामा पोष्टमोर्टम गर्नैपर्दैन, त्यसै प्रमाणित भयो, प्रहरीले कुटपिट गरेर मारेको भनेर पीडित पक्षलाई उकास्नुभयो । यस्तो अराजक र हचुवाका आधारमा जुन अभिब्यक्ति दिनुभयो, अहिले लेखासमितिमा बेनामी उजुरीका आधारमा प्रहरी संगठनमाथि अमर्यादित टिप्पणी पनि हचुवाकै भरमा दिएको पुष्टि हुन्छ ।
भूपू प्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फिर्ता भएका छन् । जेनजी प्रदर्शनपछि उपचारका निम्ति विदेश पुगेका उनी साउन २८ गते नेपाल आएका...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्चबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै एकताको पक्षमा रहेको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै...
काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई वैदेशिक...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन्। लामो उपचारपछि बिहीबार नेपाल फर्किएका देउवा...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबिच आज (शुक्रबार) भेटवार्ता भएको छ। केही बेरअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्। प्रधानमन्त्री कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend