काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारले बुधबार लेखासमितिको बैठकमा नेपाल प्रहरीका आईजीपी र गृहमन्त्रालयका सचिवमाथि गरेको अमर्यादित ब्यवहारको चौतर्फी बिरोध भइरहेको छ ।
सांसद सुनारले पदीय मर्यादाको ख्यालसमेत नगरी बेनामी उजुरी परेको भन्दै राज्यका जिम्मेवारी अधिकारीमाथि जुन ढंगको ब्यवहार गरेका छन्, त्यसले संसद र संसदीय समितिकै बेइज्जत भएको टिप्पणी रास्वपाकै सांसद डा. अमरेशकुमार सिंहले गरेका छन् ।
सांसद सिंहले राज्यका निकायको हुर्मत लिने काम भएकोमा चिन्ता प्रकट गरेका छन् । उनले देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भैरहेको उल्लेख गरेका छन् ।
सांसदहरुको बक्तब्य यस्तो कि समानित संसदकै बेइज्जती भैरहेको छ । ब्यापारीहरुको धडपकडले उद्योगी–ब्यवसायीहरु त्रसित भएकोमा चिन्ता प्रकट गर्दै सामाजिक संजालमा प्रश्न गरेका छन् ।
सिंहले सामाजिक संजालमा लेखेका छन्–देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ ।
सांसदहरुको बक्तब्य यस्तो कि समानित संसदकै बेइज्जती भइरहेको छ । ब्यापारीहरुको धडपकडले ब्यापारीहरु त्रसित छन् । परराष्ट्र नीति त झन् यस्तो कि कसैले बिश्वास गरिरहेको छैन (Trust deficit ) । के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ ? सोच्ने बेला भएको छैन ?
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend