Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • डा. अमरेश सिंहको प्रश्न : सेना, प्रहरी र कर्मचारीको हुर्मत लिनु नै सुशासनको रोडम्याप हो ?


    बिहिबार, साउन २८ २०८३
    180
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारले बुधबार लेखासमितिको बैठकमा नेपाल प्रहरीका आईजीपी र गृहमन्त्रालयका सचिवमाथि गरेको अमर्यादित ब्यवहारको चौतर्फी बिरोध भइरहेको छ ।

    सांसद सुनारले पदीय मर्यादाको ख्यालसमेत नगरी बेनामी उजुरी परेको भन्दै राज्यका जिम्मेवारी अधिकारीमाथि जुन ढंगको ब्यवहार गरेका छन्, त्यसले संसद र संसदीय समितिकै बेइज्जत भएको टिप्पणी रास्वपाकै सांसद डा. अमरेशकुमार सिंहले गरेका छन् ।

    सांसद सिंहले राज्यका निकायको हुर्मत लिने काम भएकोमा चिन्ता प्रकट गरेका छन् । उनले देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भैरहेको उल्लेख गरेका छन् ।

    सांसदहरुको बक्तब्य यस्तो कि समानित संसदकै बेइज्जती भैरहेको छ । ब्यापारीहरुको धडपकडले उद्योगी–ब्यवसायीहरु त्रसित भएकोमा चिन्ता प्रकट गर्दै सामाजिक संजालमा प्रश्न गरेका छन् ।

    सिंहले सामाजिक संजालमा लेखेका छन्–देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ ।

    सांसदहरुको बक्तब्य यस्तो कि समानित संसदकै बेइज्जती भइरहेको छ । ब्यापारीहरुको धडपकडले ब्यापारीहरु त्रसित छन् । परराष्ट्र नीति त झन् यस्तो कि कसैले बिश्वास गरिरहेको छैन (Trust deficit ) । के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ ? सोच्ने बेला भएको छैन ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार