Nepal Face
  • बुधबार, २७ साउन २०८३
  • दुर्गा प्रसाई र धवलशमशेर राणाको जय नेपाल पार्टी साउन २९ गते दर्ता हुने


    बुधबार, साउन २७ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुर्गा प्रसाई र राप्रपाबाट चोइटिएको धवलशमशेर राणाको जय नेपाल पार्टी साउन २९ गते शुक्रबार निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

    निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्पूर्ण तयारी पूरा भएको उक्त पार्टीका संस्थापक धवलशमशेर राणाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘२०८३ साउन २६ गतेको कार्यदलको निर्णयबमोजिम २०८३ साउन २९ गते ‘जय नेपाल पार्टी’ विधिवत दर्ता गरिनेछ’–राणाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    सो पार्टीले दल दर्ताको लागि निर्वाचन आयोग कान्तिपथमा शुक्रबार दिउँसो १२.४५ बजे समर्थक र शुभेच्छुकदेखि मिडियालाई समेत आमन्त्रण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार