काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
मेडिकल ब्यवसायी प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमाफाल्गुन १७ गते बिहान घरबाटै पक्राउ परेका थिए ।
पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
फागुन १९ गते उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको थियो ।
यसअघि प्रहरीले प्रसाईँमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै ४ फागुनमा पनि पक्राउ गरेको थियो । तर उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईं आदेश १३ फागुनमा रिहा भएका थिए ।
त्यसको ३ दिनपछि सार्वजनिक शान्तिमा खलल पुराएको आरोपमा पुनः पक्राउ परेका थिए ।
प्रसाईँ समूह निर्वाचन बिथोल्न लागिपरेको भन्दै उनलाई होल्ड गर्न प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ । बिहीबार मतदान सम्पन्न भइसकेकाले उनलाई थुनामुक्त गरिएको हो ।
पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको थियो । यससँगै प्रसाईँ हालसम्म १२ पटक प्रहरी हिरासत र थुनामा पुगिसकेका छन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend