काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
मेडिकल ब्यवसायी प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमाफाल्गुन १७ गते बिहान घरबाटै पक्राउ परेका थिए ।
पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
फागुन १९ गते उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको थियो ।
यसअघि प्रहरीले प्रसाईँमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै ४ फागुनमा पनि पक्राउ गरेको थियो । तर उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईं आदेश १३ फागुनमा रिहा भएका थिए ।
त्यसको ३ दिनपछि सार्वजनिक शान्तिमा खलल पुराएको आरोपमा पुनः पक्राउ परेका थिए ।
प्रसाईँ समूह निर्वाचन बिथोल्न लागिपरेको भन्दै उनलाई होल्ड गर्न प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ । बिहीबार मतदान सम्पन्न भइसकेकाले उनलाई थुनामुक्त गरिएको हो ।
पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको थियो । यससँगै प्रसाईँ हालसम्म १२ पटक प्रहरी हिरासत र थुनामा पुगिसकेका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend