काठमाडौं । ६ लाख रुपैयाँ घुसको रकमसहित पक्राउ परेका इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भने घुस मागेको उजुरी परेको थियो । उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको कार्यालय, इटहरीबाट संयुक्त रूपमा खटिई गएको टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट रू. ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा गएको असार ३१ मा नियन्त्रणमा लिएको थियो ।
इन्जिनियर खड्का र लेखा अधिकृत मिलनकुमार भट्टराईको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न, ठेक्का सम्बन्धी कार्य सम्पन्न भएबमोजिम पेस गरेको बिल रकम भुक्तानी गरेगराएबापत घुस लिएका थिए ।
इन्जीनीयर खड्का र मिलन कुमार भट्टराईको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बिगो रू ६ लाख रूपैयाँ कायम गरी बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको एक्लै हिँड्न खोजेको हो कि एक्लै परेको हो थाहा पाउन नसकेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको...
काठमाडौँ । नेपाली कांग्रेसका इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन् । जेन जेड आन्दोलनका कारण जलेका...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रको समग्र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरी यसलाई मुख्यतः राजस्व संकलनको क्षेत्रका रूपमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend